गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन् ।
७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री अर्यालले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्नेमा जोेड दिए ।
गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप मजबुद बनाउन गृह मन्त्रालयको प्रमुख दायित्व रहेकाले भन्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्रोतसाधनको अभाव हुन नदिन सरकार सजग रहेको बताए ।
नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपङ्क्तिमा रहने र सरकारप्रतिको धारणा तथा प्रतिक्रिया अभिव्यक्त गर्दा निशानामा पर्ने गरेको बताउँदे उनले भदौ २३ र २४ गतेको विरोध प्रदर्शन यसैको प्रतिबिम्ब भएको बतए
‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीका साङ्गठनिक, व्यक्तिगत सामान लुटपाट तथा आगजनी भएकाले स्रोतसाधनको अभाव भई यसको प्रत्यक्ष असर आमनागरिकमा समेत परेको उल्लेख गरे ।
पछिल्ला समय देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपिएको भन्दै गृहमन्त्री अर्यालले यस्ता गतिविधिलाई रोक्न सवै पक्ष बेलैमा लाग्न जरुरी रहेको बताए ।
न्यूज समय
३१ आश्विन, २०८२, शुक्रबार ००:००