सुनको मूल्यमा नयाँ रेकर्ड कायम, एकै दिन ७ हजार १ सयले बढ्यो

न्यूज समय


पहेंलो धातु सुनको मूल्य नेपाली बजारमा दिनानु दिन् बढ्दै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ७ हजार १ सयले बढेर २ लाख ५८ हजार पुगेको छ ।
विहिबार तोलामा २ लाख ५० हजार ९सयले कारोबार भएकोमा शुक्रबार मात्रै ७ हजार १ सयले बढेको हो ।

यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा ७५ रुपैंयाले बढेको छ । ७५ रुपियाँले बढेर चाँदी तोलामा तीन हजार ३ सय ५० रुपियाँ कायम भएको महासंघले जनाएको छ ।

यस अघि बिहीबार चाँदी तोलामा तीन हजार २ सय ७५ रुपियाँमा कारोबार भएको थियो ।
लगातार मूल्य बृद्धि हुँदै नयाँ रेकर्ड कायम गर्दै आएको सुनको बजारमा भने किन बेच निकै कम रहेको व्यवसायीहरु बताउँछन् ।
यसरी सुन बढ्नुलाई सर्वसाधारण भने अस्वाभाविक भन्दै आएका छन् ।