विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि बिर्सन्न : प्रधानमन्त्री कार्की

न्यूज समय

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली युवक विपिन जोशीको हमासबाट हत्या गरिएको खवर आए संगै आफु स्तव्ध भएको बताएकी छन् ।
हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको बताउँदै प्रधानमन्त्री कार्कीले विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताईन् ।

प्रधानमन्त्री कार्कीले यस कठिन घडीमा उनी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन र आफन्तहरूमा विज्ञप्ती मार्फत गहिरो समवेदना व्यक्त गरेकी छिन्् ।

विपिन विद्यार्थी मात्रै नभइ ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि समेत भएको बताउँदै प्रधानमन्त्री कार्कीले जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको बताएकी छिन् ।

उनको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको भन्दै प्रधानमन्त्री कार्कीले उनको यो वीरतापूर्ण कार्य उनको जीवनको सबैभन्दा ठूलो विरासत रहने र सधै नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्ने बताईन् ।