मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् ।
विश्वासको मत लिन मंगलबार डाकिएको प्रदेश सभा बैठकमा सिंहले आफ्ना भनाई राख्दै मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति कडा टिप्पनी गर्दै आफ्नो चरित्र हत्या गर्ने सम्मका काम भएकाले आफुले पदबाट राजीनामाको घोषणा गरेको बताए ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा रहेका माफियातन्त्रको अन्यकालागि आफुले ठुलो प्रयास गरेको बताउँदै मुख्यमन्त्री सिंहले मधेशमा आफुले राम्रा काम गरेर इतिहास रचेको समेत दावि गरे ।
मुख्यमन्त्री सिंहको राजीनामा संगै प्रदेश सभा बैठकमा विश्वासको मतको कार्यसुचि नै हटाईएको श्रोतले बतायो ।
न्यूज समय
२८ आश्विन, २०८२, मंगलबार ००:००