नेपाल राष्ट्र बैंकले पहेलो धातु सुन आयातको दैनिक सीमा बढाउने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अव नेपालमा पहेंलो धातु सुनको आयात दैनिक २५ किलोग्राम हुने छ ।
शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाउने निर्णय गरे संगै अव नेपालमा दैनिक २५ किलोग्रम सुन आयात हुने छ । यस अघि दैनिक २० किलोग्राम मात्र आयात हुँदै आएको थियो ।
त्यस्तै, विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) को भुक्तानी सीमामा पनि परिवर्तन गर्ने भएको छ । विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको नयाँ परिपत्र अनुसार यी व्यवस्था लागू हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने छ ।
यस अघि २० लाख रुपैयाँ सम्म सिमा तोकिएकोमा अव उप्रान्त एकपटक वा पटकपटकमा भुक्तानी गर्दा २५ लाख रकममा भुक्तानी गर्न सकिने पनि व्यवस्था मिलाईएको हो ।
यसरी रकम सङ्कलन र भुक्तानी गर्दा भने प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिनुपर्नेछ ।
न्यूज समय
२४ आश्विन, २०८२, शुक्रबार ००:००