प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

न्यूज समय

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जनाईएको छ ।
प्रधानमन्त्रीको सम्बोधन अघि आजै दिउँसो ४ बजे मन्त्रीपरिषद्को बैठक बोलाईएको छ ।
पूर्व-प्रधानन्यायाधीश सुशीला कार्की गएको भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भए संगै उनको यो राष्ट्रका नाममा पहिलो सम्बोधन हो ।
‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी नेपालको पहिलो महिला प्रधानमन्त्री कार्कीको यो सम्बोधनलाई बिशेष प्रकारले हेरिएको छ ।