“जेनजी” आन्दोलनका क्रममा मत्यु भएकाहरूको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट निकालिएको शवहरुको अन्त्येष्टिकालागि चक्रपथ हुँदै पशुपति आर्यघाट लगिएको थियो ।
मृतकलाई गृहमन्त्री ओमप्रकाश अर्यालय तथा उर्जा मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
शव यात्रामा मृतकका परिवारका सदस्य, आफन्त तथा सुवेक्षुकहरुको सहभागिता रहेको थियो। शवमा श्रद्धाञ्जलि दिन पुगेकाहरुले मृतकका शरिरमा राष्ट्रिय झण्डा ओढाउनुका साथै फुलमाला लगाईदिएका थिए।
अन्यष्टिका क्रममा पशुपति आर्यघाट भावविह्वल बनेको थियो ।
सरकारले “जेनजी” आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तथा मृतक प्रति व्यक्ती १५ लाख रुपैया उपलव्ध गराउने निर्णय गरिसकेको छ ।
साथै सरकारले असोज १ गते सहादत प्राप्त गरेकाहरु प्रति राष्ट्रिय शोकको घोषणा गर्दै सार्वजनिक बिदा दिने एवं राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
भ्रष्टाचार अन्त्य लगाएतका माग सहितको प्रदर्शन हिंसात्मक वन्दै जाँदा युवा, सुरक्षाकर्मी सहित ७२ जनाले ज्यान गुमाएका थिए ।
न्यूज समय
३१ भाद्र, २०८२, मंगलबार ००:००