प्रदर्शनरत जेनजीका १४ प्रदर्शनकारीको मृत्यु भएको छ । बानेश्वर स्थीत सिभिल अस्पताल ३, न्यूरोड स्थीत ट्रमा सेन्टर ६, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा १ र केएमसी अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ गरी १४ जनाको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर सैयौं प्रदर्शनकारी घाईते भएको खवरहरु आईरहेका छन् । मृतकहरुको एकिन विवरण भने अझै खुलेको छैन् ।
यसै वीच प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्री परिषदको बैठक डाकेका छन् । आज बेलुका ६ बजेका लागि मन्त्री परिषदको बैठक डाकिएको स्रोतले बतायो ।
जेनजीको आन्दोलन र हुन सक्ने संभावित घटनालाई मध्यनजर गरेर प्रधानमन्त्रीले मन्त्रीपरिषद्को बैठक बोलाएका हुन् ।
सामाजिक सञ्जाल खोल्ने बारेमा सत्ता गठबन्धन नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री संग कुरा गर्ने चर्चा चलिरहेका बेलामा नेपाली कांग्रेसले पनि पार्टीको आकस्मिक बैठक बोलाएको छ ।
महामन्त्री विश्व प्रकाश शर्माका अनुसार पदाधीकार तथा पूर्व पदाधीकारीलाई बर्तमान परिश्थितिका बारेमार छलफल गर्न बैठक बोलाईएको बताए ।
यसै वीच काठमाडौं महानरपालिकाले पनि प्रदर्शनका घाईतको उद्धारकालागि टोेलि खटाएको छ । विभिन्न अस्पताल तथा वाहिर अलपत्र रहेका घाईतेको उद्धारकालागि मेयर बालेन साहको निर्देशनमा उद्धार टोलि खटाईएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
न्यूज समय
२३ भाद्र, २०८२, सोमबार ००:००