काठमाडौंको बानेश्वरमा प्रदर्शनकारी माथी गोली प्रहार, स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश जारी

न्यूज समय

जेनजीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

काठमाडौंको माईतिघर मण्डला र तिनकुने तिरबाट आएका प्रदर्शनकारीहरु संसद भवन भित्र प्रवेश गर्न थालेपछि स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले रवरका गोली चलाएको हो ।

प्रहरीको घेरा तोडेर संसद भवन क्षेत्र भित्र प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर वाहिर निकालेको थियो ।

स्थीति नियन्त्रण बाहिर जान थालेपछि असुर ग्याँस, पानीका फोहरा तथा रवरका गोलि चलाउनु परेको प्रहरीले बताएको छ ।
प्रदर्शन थप उग्र बन्दै गए पछि काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यूआदेश जारी गरिएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

कर्फ्यू आदेश दिउँसो १२ः३० बजे देखि राती १० बजे सम्म हुने छ । अहिले काठमाडौंको बानेश्वर क्षेत्रमा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

जेनजीका हजारौं युवाहरु अहिले काठमाडौंको बानेश्वर क्षेत्रमा उर्लिएका छन् । बानेश्वर क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

जेनजी (सन १९९७ देखि २०१२ भित्र) जन्मिएका पुस्ताले सामाजिक सञ्जार बन्द, भ्रष्टाचार बिरुद्ध काठाकाडौं, पोखरा, बुटवल, विराटनगर लगाएतका शहरहरुमा आज प्रदर्शन गरेका छन् ।