अफगानिस्तानमा गएको भुकम्पमा परी ८ सय बढीले ज्यान गुमाए, त्यहाँका अधिकारीहरुद्वारा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहयोगको आग्रह

एपी/रासस
न्यूज समय

गएराति अफगानिस्तानमा गएको भुकम्पमा परी ८ सय बढीको ज्यान गएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार २५ सय वढी घाईते भएका छन् ।
राचको ११ः४७ को समयमा नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भुकम्पको केन्द्र रहेको स्थानमा ढुंगा र माटोले बनेका घरहरू भएका कारण थप मानिसको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
झण्डै २ लाख मानिसहरुको बसोबास रहेको भुकम्प प्रभावावित क्षेत्र दुर्गम रहेकोले न्यूयोर्क टाइम्सले जनाएको छ ।
६ म्याग्निच्युडको भुकम्प पछि त्यस क्षेत्रमा ४.५ देखि ५.२ म्याग्निच्युडका कम्तीमा तीन पराकम्प पनि गएको बताईएको छ ।
भूकम्प केन्द्रबिन्दुबाट २ सय किलोमिटर टाढाको काबुल र झन्डै ४ सय किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको खवरहरु आएका छन् ।
त्यहाँका अधिकारीहरूले आफूहरूसँग सीमित स्रोत साधन भएको एवं उद्दारमा थप कठिनाई भएको अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टर सहित सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।