गए राति देखि परेको अविरल वर्षाले सुदुरपश्चिमको कञ्चनपुर क्षेत्रमा वितन्डा मच्चायको छ । त्यस क्षेत्रमा लगातार परेको वर्षाले झण्डै ४५ घर डुवानमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढीले स्थानीय नागरिकका ४५ घर डुवानमा परेका हुन् ।
दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन् । त्यस्तै दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेको प्रहरीको भनाई छ ।
त्यस्तै भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन् । डुबानमा परेका परिवार र चौपायालाई स्थानीय स्कूल तथा पायक पर्ने सुरक्षित स्थानमा सारिएको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै अविरल वर्षाका संगै महाकाली नदीमा पनीको सहत वढेर एक लाख ४० हजार २५० क्युसेक पुगेको छ ।
लगातार सतह बढन थाले पछी भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको छ ।
पानीको सतह वढेपछी संभावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको हो ।
न्यूज समय
१६ भाद्र, २०८२, सोमबार ००:००