विपिनको रिहाईको माग गर्दै आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटे

न्यूज समय

प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

आईतबार दिउँसो भएको भेटमा उनिहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन राष्ट्रपति पौडेल सहित सबैलाई आग्रह गरेका थिए ।

भेटमा उनिहरुले इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्केको पनि जानकारी गराईएको थियो ।

राष्ट्रपति संगको भेटमा आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गरिदिन पनि आग्रह गरेकि थिईन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने आश्वासन दिएका थिए ।