नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले मान्छेको पहिचान असल हो कि खराब हो भन्नेबाट हुने बताएका छन् । नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ द्वारा आयोजित पूर्व जिल्ला सभापति बासुदेव शरण कोइरालाको शोकसभालाई सम्बोधन गर्दै डा कोइरालाले मान्छेको पहिचान उसको व्यवहारले निर्माण हुने बताए ।
डा कोइरालाले वीपी कोइरालाले आफ्नो लागि भन्दा जनताका लागि केहि गरौ भन्ने भावना भएकाले अहिलेसम्म पनि उहाँको स्मरण गरिरहेको बताए । कोइरालाले मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि सर्मपण गर्नु पर्ने बताए । मान्छेले समाजका लागि जति राम्रो काम गर्न सक्यो त्यती नै प्रसिद्धी कमाउने डा. कोइरालाको भनाई थियो ।
उनले बासुदेव शरण कोइरालाले पनि आफ्नो लागि नभई राजनीति, समाजसेवा गरेर जीवन अरुका लागि सर्मपर्ण गरेको बताए ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लुंगेलीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, उर्मिला थपलिया, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दिपक भट्टराई महाममिति सदस्य किरणकिशोर घिमिरे, मधेश प्रदेशका मन्त्रीहरूको उपस्थिती रहेको थियो ।
न्यूज समय
६ भाद्र, २०८२, शुक्रबार ००:००