प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा समक्ष विश्वासको मत लिनु पर्ने भन्दै सर्वोच्चमा रिट

न्यूज समय

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु पर्ने भन्दै बिहीबार सर्वोच्च अदालतमा एक रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता विरेन्द्र के.सी.ले सरकारलाई समर्थन दिएका केही पार्टीले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाबाट विश्वासको मत लिनुपर्ने माग सहित सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

नेपालको संविधानको धारा १०० मा विश्वास र अविश्वासको मतसम्बन्धी व्यवस्था भए बमोजिम धारा ११(२) मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्ने भन्दै रिट निवेदन दर्ता गराईएको बताईएको छ ।

निवेदनमा अधिबक्ता के.सी.ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालय, शितल निवासलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन् ।

गत असार ३२ गते जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषण गरको थियो ।