निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकिएको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद्को बैठका निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।
मन्त्री गुरुङका अनुसार नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।
त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।
यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० रुपैयाँ दस्तुर तोकिएको मन्त्री गुरुङले जानकारी दिए ।
आउँदो २०२६ देखि सुरुङमार्ग सञ्चालनको आन्तरिक तयारीमा रहेका बेला उक्त सुरुङमार्ग भएर चल्ने सवारी साधनकालागि दस्तुर तोहिएको हो ।
न्यूज समय
२९ श्रावण, २०८२, बिहीबार ००:००