०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण कायम रहन्छ : प्रधानमन्त्री ओली

न्यूज समय


प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक र नीतिगत स्थिरता कायम गर्दै बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन संसद्का दुई प्रमुख दलहरू मिलेर अगाडी बढेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने दाबी गरे ।

विपक्षी दललाई स्थिरता किन अप्रिय लागेको भन्ने कटाक्ष गर्दै ओलीले प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत रहे पनि अन्य दलहरू समेत यस सरकारमा सहभागी भएकाले सरकार ढल्छ भनेर हल्ला पिट्नु अस्थिरताको पक्षपोषण भएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार बनाउने संसद्को गणितले भएका कारण बर्तमान सरकार बलियो संसदीय गणितको जगमा उभिएको समेत स्मरण गराए ।

साथै उनले अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्नेमा कुनै शंका नगर्न सवैमा आग्रह गरे ।