बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बानियाँले श्रावन २७ मा विश्वासको मत लिदै

न्यूज समय

बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यही श्रावन २७ गते विश्वासको मत लिने भएका छन् ।

श्रावन २० मा बगमती प्रदेशको छेठौं मुख्यमन्त्रीको रूपमा नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने कार्यक्रम तय भएको हो ।

सभामुख भुवनकुमार पाठकले २७ गते दिउँसो ४ बजे आव्हान गरको प्रदेशसभा बैठकमा नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन मुख्यमन्त्रीले प्रस्ताव पेश गर्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कांग्रेसकै बहादुर सिंह लामालाई संसदिय दलको नेतामा अविश्वासको मत पेश गरी भएको निर्वाचनमा विजयी भएका बानियाँ बाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नेपाली कांग्रसको नेतृत्वमा रहेको बाग्मती प्रदेशको सरकार नेकपा एमाले संगको समिकरणमा बनेको छ ।