एएफसी महिला यू–२० एसिया कप २०२६को छनोटमा नेपालले साउदीलाई एक गोलले हरायो

न्यूज समय

एएफसी महिला यू–२० एसिया कप २०२६ छनोट अन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपाल साउदी अरेबियालाई हराउँदै विजयी भएको छ ।

शुक्रबार भुटानको चाम्लिमिथाङ रंगशालामा भएको खेलमा साउदी अरेबियालाई १–० ले हराउँदै नेपाल विजयी भएको हो ।
खेलको अन्तिम मिनेतमा सुक्रिया मियाँले गरको निर्णायक गोलले साउदीलाई हराउँदै नेपाल विजयी भयो ।

यो जित संगै समुहमा नेपालले पहिलो तीन अंक जोडेको छ ।

समूहको पहिलो खेलमा नेपाले भुटानसँग १–१ को बराबरी बनाएको थियो ।
अव आउँदो आईतबार नेपालले उत्तर कोरिया संग प्रतिशप्रर्धा गर्ने छ ।