उच्चका लागि २७ न्यायाधीशको सिफारिस

न्यूज समय

उच्च अदालतको न्यायाधीशका लागि २७ जना सिफारिसमा परेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको न्याय परिषद्को बैठकले २७ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस पर्नेहरुमा जिल्ला न्यायाधीशबाट गोपालराज बास्तोला, गिरीराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुङ्गाना, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल,दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली, उद्धवप्रसाद भट्टराई, अवनी मैनाली भट्टराई रहेका छन् ।

त्यस्तै त्यस्तै न्याय सेवाबाट न्याय परिषद्का सचिव यमबहादुर बुढामगर, उच्च अदालत पोखराका रजिष्ट्रार खड्गराज अधिकारी, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्चका सहरजिष्ट्रार अच्युत कुइँकेल, कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री सिफारिसमा परेका हुन् ।
सिफारिस भएका मध्ये १६ जना जिल्ला अदालतका न्यायाधीश र पाँच जना न्याय सेवाबाट तथा ६ जना कानुन व्यवसायीबाट रहेको सर्वोच्च अदालत श्रोतले बताएको छ ।

कानुन व्यवसायीबाट शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पंजियार पनि सिफारिस भएका छन् ।

सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले राउतले नियुक्त र पदस्थापन गर्ने छन् ।