मनसुनजन्य विपदको जोखिम बढेपछि सरकारले सम्पूर्ण निकायहरुलाई आवश्यक सतर्कता अनपनाउन निर्देशन दिएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्य सचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित मंगलबार बसेको बैठकमा सरकारका सम्पूर्ण निकायलाई सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
केही दिन यता परिरहेको अविवर बर्षाले पार्न सक्ने जोखिमलाई मध्यनजर गर्दै घटना घटिहालेमा क्षति हुन नदिन, खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन निर्देशन दिईएको श्रोतले बतायो ।
कार्यवाहक प्रधानमन्त्री सिंहले सम्भावित जोखिम रहेको क्षेत्रमा स्थानीय नागरिकलाई सूसुचित पार्न एसएमएस अलर्ट, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि ध्यानाकर्षण गराएका थिए ।
बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरे ।
न्यूज समय
२० श्रावण, २०८२, मंगलबार ००:००