प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

न्यूज समय

प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जाँदै छन् ।
तुर्कमेनिस्तानको अवाजा सहरमा यही साउन २० देखि २३ गतेसम्म आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यस तर्फ जनालागेका हुन् ।

प्रधानमन्त्री ओली संगै श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरू समेत सहभागी हुने छन् ।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमान्त्री त्यहाँ जान लागेका हुन् ।

त्यहाँ प्रधानमन्त्री ओलीले उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्दै कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालय श्रोतले बतायो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवाता गर्नेछन् ।