सीपमूलक तालिमबाटै रोजगारी सिर्जना र आत्मनिर्भरता सम्भव हुन्छ : ऊर्जा मन्त्री खड्का

न्यूज समय

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन् ।
खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मत सम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन गर्दै मन्त्री खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने पनि धारण व्यक्त गरे ।
अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले यिनको यसबाट स्थानीय युवाले लाभ लिनुपर्ने समेत उनले बताए ।
“जलविद्युत्को सम्भावनासहितको जिल्लामा सीप विकासमार्फत युवालाई आत्मनिर्भर र आर्थिक रूपले सबल बनाउँदै रोजगारी सृजना गर्नु आजको आवश्यकता रहेको भन्दै, सीप विकास रोजगारीको आधार मात्रै होइन, आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि रहेको बताए ।