कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित

न्यूज समय

ईन्द्रबहादुर बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

बुधबार भएको संसदीय दल नेता निर्वाचनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ८ मतले हराउँदै बानियाँ निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसको कुल ३६ सांसद रहेको बाग्मती प्रदेशमा लामाले १४ मत पाउँदा प्रदेश सभापतिसमेत रहेका सांसद बानियाँले २२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
स्वस्तिक छाप लगाउनुपर्नेमा एक जना सांसदले नाम लेखेपछि एक मत बदर भएको छ ।
यसअघि २०७९ मंसिरमा प्रदेश सभा निर्वाचन भएपछि पुस १३ गते संसदीय दल नेताका लागि चुनावमा लामाले बानियाँलाई हराउँदै संसदीय दलको नेतामा निर्वाचित भएका थिए ।

२०८१ श्रावन ८ गते मुख्यमन्त्री भएका लामा बजेट विवादका कारण आफ्ना पक्षका सांसदले उनको साथ नदिए पछि उनलाई अफ्ठेरो परेको थियो ।

लामाका पक्षमा रहेका सांसदले उनलाई साथ नदिए लगतै बानियाँले कांग्रेस संसदीयदलमा गत श्रावन ९ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । लगतै बाग्मती प्रदेश सरकारमा रहेका ५ जना मन्त्रीले राजीनामा समेत दिएका थिए ।