बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताका लागि बाँनिया र लामाको उमेदवारी

न्यूज समय


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्र बाँनिया र मुख्यमन्त्री बहादुर सिंह लामाका बीचमा भिडन्त हुने भएको छ ।

आज दिउँसो २ बजे नयाँ नेताको चयनका लागि हुने निर्वाचनमा दुवै जनाले उमेदवारी दर्ता गराएका छन् ।

मंगलबार संसदीय दलमा लामामाथिको अविश्वासको प्रस्ताव पेश हुदा दलका ३७ सांसदमध्ये २२ जना सांसदले सभापति इन्द्र बहादुर बानियाको पक्षमा सनाखत गरेका थिए भने लामाको पक्षमा १५ जना सांसद देखिएका थिए ।