पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गर्दै, एमाले निर्णय विरुद्ध देशव्यापी अभियान घोषणाको तयारी

न्यूज समय

एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रप्रमुख भइसकेको मान्छेले पार्टी राजनीतिमा नहुने भन्दै सदस्यता खारेज गर्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् ।

साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । तर विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् । त्यसका लागि देशव्यापी राजनीतिक अभियान चलाउने विद्याको तयारी छ ।