अहिले कांग्रेसको महत्वमाथि कम्युनिस्टहरूले आक्रमण गरिरहेका छन् : डा शेखर

न्यूज समय

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले कांग्रेसको महत्वमाथि कम्युनिस्टहरूले आक्रमण गरिरहेको बताएका छन् । बीपी स्मृति दिवसमा वीपी स्मृति अस्पालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसको ‘कोर भ्याल्यु’मा एमालेले आक्रमण गरिरहेको आरोप लगाए ।

कोइरालाले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउने कुरा राम्रो भए पनि आफ्नो महत्त्व कांग्रेसले बिर्सिन नहुने बताए । अहिले कांग्रेसको महत्वमाथि कम्युनिस्टहरूले आक्रमण गरिरहेको उनको भनाई थियो ।

कुलिङ अफ पिरियडमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने र ढिलो गर्ने कुरा स्वीकार्य हुन नसक्ने बताउन सक्नुपर्ने उल्लेख गरे । उनले कोइरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न किन हतार भएको भन्दै प्रश्न गरे । भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरू डराइरहेको उनको आरोप छ ।