पूर्व—पश्चिम राजमार्गको परिकल्पना बीपीको हो : डा शशांक

न्यूज समय

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले वीपी कोइरालाको मुलुकको विकासको सपना बेग्लै खालको रहेको बताउँदै पूर्व—पश्चिम राजमार्ग उनैको परिकल्पना भएको बताएका छन् ।

बीपी संग्रहालय सुन्दरीजलमा मंगलवार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरे पनि परिकल्पना बीपीको भएको बताए ।

अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको उनले बताए । नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको दाबी गर्दै उनले देशको लागि बीपीले जति काम अरु कसैले पनि गर्न नसकेको बताए ।

कोइरालाले विकासका लागि बीपी कोइरालाले धेरै काम गरेको भन्दै वीपीलाई संझनका लागि वीपीको पदचिन्ह कसरी पछ्याउने भन्नेमा विमर्श हुन आवश्यक रहेको बताए । उनले वीपीको पदचिन्हमा हिड्न सकेमात्र कांग्रेसलाई फाईदा हुने स्पष्ट पारे ।