श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

न्यूज समय


श्रमिकको न्यूनतम पारिश्रमिक (तलव) वृद्धि हुने भएको छ ।

सरकारलाई सिफारिस भए बमोजिक सोमबार न्यूनतम पारिश्रमिक बृद्धि गर्ने गरी राजपत्रमा पकाशित भए अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुने भएको हो ।

नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच गत असार ३२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले आगामी दुई वर्षका लागि न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० कायम गर्न सहमति भए अनुसार न्यूनतम पारिश्रमिक बृद्धि गर्ने गरी राजपत्रमा पकाशित भएको छ ।

श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । न्यूनतम ज्यालाको निर्धारण त्रिपक्षीय सहमतिका आधारमा निर्णय गरिएको यो पहिलोपटक हो ।

सहमतिपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले न्यूनतम ज्याला तोकेर मात्रै नहुने भएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर र जिम्मेवार ढङ्गले लाग्नुपर्ने भएकाले सहमतिमा निर्धारण हुनु सकारात्मक पक्ष भएको बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक तथा श्रम मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले लामो समयदेखिको परामर्श, समन्वय र गहिरो छलफलपछि सहमति जुट्न सफल भएको जानकारी दिए ।
यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ थियो ।