ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विपन्न नागरिकको घरसम्म उर्जामार्फत समृद्धि पुर्याउनको लागि सरकार क्रियाशील रहेको भन्दै समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरु गर्नुपर्ने बताए ।
बिहीबार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताए ।
उनले ऊर्जा क्षेत्रमा विगतमा भएका कामहरुको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताए । मन्त्री खड्काले विद्युत आयोजनाहरुका अकल्पनीय क्षतिहरु हुने गरेको कारण क्षति न्युनीकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको पनि बताए ।
न्यूज समय
१ श्रावण, २०८२, बिहीबार ००:००