गोरखापत्र संस्थानले एजेन्सी छुटमा कटाउँदै आएको टिडिएस खारेज गर्न राष्ट्रिय विज्ञापन संघको माग, संस्थानले एजेन्सी भन्दा विज्ञापन दातालाई सोझै धेरै छुट दिनु एजेन्सी सिध्याउने खेल

न्यूज समय

राष्ट्रिय विज्ञापन संघ (नान)ले गोरखापत्र संस्थानले विज्ञापन प्रकाशनमा दिने १५ प्रतिशत एजेन्सी छुटलाई एजेन्सी कमिसन भन्दै त्यसमा काट्दै आएका टि.डि.एस. प्रति असन्तुष्टि जनाउँदै त्यसको खारेजीको माग गरेको छ ।

संघका अध्यक्ष प्रदिप कोईराला सहितको टोलिले संस्थानका महाप्रवन्धक लाल ऐरीलाई बुधबार एक ज्ञापन पत्र बुझाउँदै एजेन्सी कमिसन भन्ने शव्द नै अप्राकृतिक भएकोले संस्थानको बिलमा एजेन्सी छुटको शव्द प्रयोग गर्न अपिल गरेको हो ।

एजेन्सीहरुले संस्थानमा धरौटी राखेर १५ प्रतिशत एजेन्सी छुटमा काम गर्दै आएकोमा त्यही एजेन्सी छुटलाई एजेन्सी कमिसन शव्द प्रयोग गर्नु र त्यसमा पनि टि.डि.एस. कटाउनु सोभनिय नभकाले आफुहरुले त्यसको विरोधमा संस्थानलाई ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष कोईरालाले बताए ।

आ.व. २०८२÷०८३ देखि आफुहरुको माग कार्यान्वय गर्न गोरखापत्र संस्थान संग आग्रह गदै अध्यक्ष कोईरालाले आफुहरुको माग प्रति संमवेदनशिल बनिदिन पनि संस्थान नेतृत्वलाई आग्रह गरेको बताए ।

कोईरालाले विज्ञापन एजेन्सीहरुले संस्थानमा धरौटी राखेर १५ प्रतिशत एजेन्सी छुटमा काम गरिरहेकोमा संस्थानले सोझै विज्ञापन दाता संग ५० प्रतिश छुट दिएर काम गर्दै आएको प्रति पनि असन्तुट व्यक्त गरेका छन् ।

संस्थानले एजेन्सीलाई दिएको छुट भन्दा धेरै छुट विज्ञापन दातालाई सोझै दिएर काम गर्न खोज्नु विज्ञापन एजेन्सीलाई नै धरापमा पार्न खोजेको काईरालाको आरोप छ । अध्यक्ष कोईरालाले गोरखापत्र संस्थानले गरिरहेको काम अस्वस्थ प्रतिश्प्रर्धाको नमुना भएको पनि उल्लेख गरे ।

आउँदो आ.व. देखि यस्तो कार्य बन्द गर्दै एजेन्सी मार्फत विज्ञापनको कारोवार गर्न समेत गोरखापत्र संस्थान संग आफुहरुले माग गरेको अध्यक्ष कोईरालाले बताए ।

स्वदेशमै स्वरोजगार बन्दै विभिन्न रोजगारी सृजर्ना गर्दै आएका विज्ञापन एजेन्सीहरुलाई हतोत्साहित पार्ने काम बन्द गरी उत्साह थपि विज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्ने वातावरण सृजर्ना गर्न पनि अध्यक्ष कोईरालाले सम्वन्धित पक्ष संग माग गरे ।