संस्कृति समाजको प्राण भरिएको छ : संस्कृति मन्त्री पाण्डे

न्यूज समय


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउए । उनले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको बताए ।

मन्त्री पाण्डेले संस्कृति नभएको समाज नहुने र समाजको पहिचान संस्कृतिमै रहने बताउँदै संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम रहेको उल्लेख गरे । आफू मन्त्री बनेको एक वर्ष पुगेको भन्दै उनले यस बीचमा संस्कृति र प्रकृतिलाई चलायमान बनाउने प्रयास गरेको स्पष्ट पारे ।

नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशिल बनाउन आफू लागिपरेको पनि बताउए । मन्त्री पाण्डेले सुधारका कुराहरु छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताउनु भयो । मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको बताए ।