मञ्जु गुरुङको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक, शव्द अनुसार भिडिमा न्याय गरेको छु : निर्देशक दिपेन्द्र के.सी.

न्यूज समय

जन्म दिने आमाको माया र सम्झानाको थिममा समर्पित लोक गीत ‘मेरी आमा’ हालै सार्वजनिक भएको छ ।
गायिका मञ्जु गुरुङको स्वर तथा सन्तकुमार के.सी.को शव्दमा तयार पारिएको गीतमा संगित रमेश क्षितिज गिरीले भरेका छन् ।
जन्म दिएर संसार देखाउने भगवानको रुपमा आमालाई हेरिएको यो गीतमा आमाले दिएको माया र स्नेहको अतुलनिय व्याख्या गरिएको छ ।

प्रतिक्षा वाग्ले, सुविक्षा सापकोटा र माही चौलागाईले अभिनय गरेको म्यूजिक भिडियो छायांङ्कन तथा सम्पादन ओम प्रसाईले गरेका हुन भने ड्रोनमा दिनेश डाँगीले साथ दिएका छन् ।

पछिल्लो समय व्यस्त निर्देशकका रुपमा पहिचाहन बनाएका दिपेन्द्र प्रकाश के.सी.द्वारा निर्देशित भिडियोमा घाँस दाउरा गरेर छोरीलाई डाक्टर बनाउँदा सम्म आमाले गरेको परिश्रम र छोरीले पाएको सफलतालाई देखाईएको छ ।

छोरी डाक्टर भएको बेला आमा साथ नहुँदा डाक्टर छोरीले आमालाई सम्झिएर गीत मार्फत पिडा पोखिएको भाव भिडियोमा पोखिएको दिएको निर्देशक के.सी. बताए ।
मेहेनत गरेर सक्दो गीतलाई न्याय दिएर तयार पारिएकाले भिडियो राम्रो भएको र श्रोताले मन पनि पराईदिने बिश्वास निर्देशक के.सी.को छ । भिडियो हेरेर प्रतिकृया दिन पनि दर्शक श्रोता संग उनले आग्रह गरेका छन् ।

निर्देशक के.सी.ले यस अघि छैन जुन आज, भगवन तिमी विना, तिम्रो याद, नजाने भो हाम्रो दुःख जस्ता चर्चित गीतहरु निर्देशन गरी सकेका छन् ।

भिडियो सगुुन संगित युट्यव च्यानलबाट सार्वजनिक भएको छ ।