आइतबार सुनको मूल्य ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार

न्यूज समय

नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य बढेको छ। आज छापावाल सुनको मूल्य तोला ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८०० मा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ।