राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक बलाराम घर्ती मगरको निधन भएको छ । उनले ललितपुरको बीएन्डबी हस्पिटलमा शुक्रबार उपचारका क्रममा निधन भएको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विभिन्न मन्त्रालय सम्हाली सकेका रोल्पाका घर्ती मगरको उपचारका क्रममा निधनको पुष्टि गरे । उनले सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘घर्ती मगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको छ ।’
प्रवक्ता श्रेष्ठका अनुसार नेता घर्ती मगरसँग केही समयअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भेटघाट गरेका थिए ।
न्यूज समय
२७ असार, २०८२, शुक्रबार ००:००