नेपाल राष्ट्र बैंक आज मौद्रिक नीति सार्वजनिक गर्दै

न्यूज समय

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि मौद्रिक नीति आज (असार २७ गते शुक्रबार) सार्वजनिक गरिने भएको छ । त्यसनिम्ति नेपाल राष्ट्र बैंकको बोर्ड बैठक यति बेला जारी छ ।

बोर्ड बैठकबाट मौद्रिक नीति पारित गरिएपछि दिउँसोतिर सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । यसपटक बजेटसँग समेत तादम्य हुनेगरी उदार मौद्रिक नीति ल्याउने तयारी छ ।

न्यून ब्याजदर हुँदा पनि कर्जाको माग बढ्न नसक्दा बैंकमा तरलता थुप्रिएको छ।

अर्थतन्त्र पूर्णरूपमा चलायनमान भइसकेको छैन । यस्तो अवस्थामा कर्जाको माग बढ्ने तथा अर्थतन्त्र चलायमान हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति तयार गरेको बताइएको छ।