राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आइतबार अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गर्न गएका हुन् ।
उनलाई राष्ट्रिय संग्रहालयमा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए भने नेपाली सेनाको सैनिक संग्रहालयमा पुग्दा नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापाले स्वागत गरेका थिए ।
सैनिक संग्राहलयमा संग्रहलय प्रमुख प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराएका थिए भने राष्ट्रिय संग्राहलयमा प्रमुख नकर्मीले संग्रहालयका बारेमा जानकारी गराएका थिए ।



न्यूज समय
२२ असार, २०८२, आईतबार ००:००