प्रतिनिधिसभाको निर्वाचन सबै प्रत्यक्ष र धार्मिक स्वतन्त्रताको व्यवस्था संविधानमा गरौँ : डा शशांक

न्यूज समय

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरी प्रतिनिधिसभामा सबै प्रत्यक्ष र राष्ट्रियसभा सबै समानुपातिक गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै कोइरालाले यस्तो प्रस्ताव गरेका हुन् ।

कोइरालाले भने–‘निर्वाचन प्रणाली फेर्नुपर्छ । प्रतिनिधि सभा सबै प्रत्यक्ष गरौँ र राष्ट्रिय सभा पूर्ण समानुपातिक गरौँ । अहिलेको निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने देखिँदैन।’ कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव पनि बैठकमा गरेका छन् ।

संविधान संशोधन गर्दा निर्वाचन प्रणाली र धार्मिक स्वतन्त्रताको विषय संशोधन गर्नुपर्ने कोइरालाले बताएका हुन् । उनले भने, ‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौँ, नेपाली कांग्रेस र नेकपा एमालेबिच २०७१ असार १७ गते भएको ७ बुँदे सहमतिमा पनि संविधान संशोधन गर्ने भनिएको थियो, पहिलो संशोधन यहीँबाट गरौँ ।’