भोजपुरको रामप्रसादराई गाउँपालिका वडा न. २ धोद्लेखानीमा गए राति एकै परिवारका चार जनाको हत्या भएको छ ।
हत्या हुनेमा भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार घटनापश्चात राई आफैँले आज बिहान प्रहरीलाई फोन गरेर घटनाका बारेमा जानकारी गराएका थिए ।
राईको पनि पेटमा गहिरो चोट लागेको र उनलाई जिल्ला अस्पतालमा उपचारपश्चात थप उपचारका लागि जिल्ला बाहिर पठाईएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
न्यूज समय
२२ असार, २०८२, आईतबार ००:००