युवाहरूको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गर्न आवश्यक : उपराष्ट्रपति यादव

न्यूज समय

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । सोमबार राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाहरूका विचारलाई व्यावसायिक योजनाहरूमा बदल्न आवश्यक रहेको बताए ।

उनले भने–‘यसका लागि सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको छ । यस्ता कार्य सरकारले मात्रै नभई निजी क्षेत्र, शैक्षिक क्षेत्र, वित्तीय निकाय र नागरिक समाज मिलेर गर्नुपर्छ ।’ उपराष्ट्रपति यादवले युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सिप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने धारणा राखे ।

उनले व्यावसायिक योजना बजारको पहुँच ब्रान्डिङ लगायतका विषयमा मार्गदर्शन गर्न जरुरी रहेको बताए । युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्ने तर्फ पनि सबैको ध्यान जानुपर्ने उनले बताए । न नसकेकाले लाखौँ युवाहरू विदेश जान बाध्य भएको बताए । उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि सीपमूलक शिक्षाको आवश्यकता रहेको उल्लेख गरे ।