माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै प्रकाशन

न्यूज समय

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी गृहकार्य थाल्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि रिजल्ट आउट गरिने बताए । योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नजितामा ढिलाइ भएको हो ।

यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।