अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इरानसंग युद्धविराम गर्ने प्रस्तावलाई इजरायलले स्वीकार गरेको गरेको छ । इजरायलले एक विज्ञप्ति जारी गर्दै युद्धविराम स्वीकार गरेको घोषणा गरेको हो । युद्धविरामबारे इजरायलको यो पहिलो औपचारिक प्रतिक्रिया हो ।
इजरायलद्धारा जारी विज्ञप्तिमा इरानमाथि करिब दुई सातासम्म चलेको आक्रमणपछि इजरायलले आफ्ना सबै लक्ष्यहरू मात्र पूरा गरेरे त्योभन्दा पनि धेरै अगाडि बढेको उल्लेख छ । इजरायलले भनेको छ, ‘हामीले आणविक र ब्यालिस्टिक क्षेप्यास्त्रसँग जोडिएको तत्कालीन र दोहोरो अस्तित्वगत खतरा समाप्त गरेका छौं । आईडीएफ (इजरायली डिफेन्स फोर्स)ले तेहरानको आकाशमा पूर्ण हवाई नियन्त्रण कायम गरेको छ, इरानी सैन्य नेतृत्वमाथि गम्भीर चोट पुर्याएको छ र इरानका दर्जनौँ प्रमुख शासकीय लक्ष्यहरू ध्वस्त पारेको छ ।’
इजरायलले राष्ट्रपति ट्रम्प र अमेरिकालाई इरानी आणविक खतरा समाप्त गर्न दिएको सैन्य समर्थनका लागि आभार प्रकट गरेको छ । विज्ञप्तिको अन्त्यमा चेतावनी दिदैैँ यदि युद्धविरामको उल्लंघन भएमा इजरायल थप कठोर जवाफ दिनका लागि तयार रहेको उल्लेख छ ।
न्यूज समय
१० असार, २०८२, मंगलबार ००:००