अन्तराष्ट्रिय बजारमा तेल निर्यात गर्ने मुख्य स्थल मध्यपूर्वमा इरान र इजरायलबीचयुद्ध सुरु भएर अशान्त बनेपछि निरन्तर उकालो लागेको कच्चा तेलको मूल्य इरान र इजरायबीच युद्धविराम हुने संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकै दिन आठ डलर घटेको छ । पछिल्लो मुल्य प्रति ब्यारेलको ७९ डलर पुगेको थियो । तर, मंगलबार राति घटेर ६६.५२ देखि ७० डलर हारहारीमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ ।
क्रुड कम्पनीहरूबीच कारोबारका आधारमा कच्चा तेलको भाउ तलमाथि हुन्छ । अमेरिकाले इरानमाथि आक्रामण गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेर ब्यारेलको ८० युद्धविराम हुने संकेत देखिएपछि आपूर्ति प्रणालीमा सुधार हुने विश्वास बढ्दा मूल्य घटेको बताइएको छ । यद्यपि, मध्यपूर्वमा युद्धको त्रास भने कायमै छ ।
मंगलबार डब्ल्यूटीआई क्रुडमा तेलको भाउ घटेर ६६.५२ डलरमा सीमित भएको छ । यस्तै ब्रेन्ड क्रुडमा ब्यारेलको ६९.५२ र मुरवान क्रुडका कच्चा तेलको मूल्य ब्यारेलको ७०.२४ डलरमा कारोबार भएको छ । इरान तेल धेरै परिमाणमा तेल उत्पादन गर्ने मुलुक हो । इरान र इजरायलबीचको द्वन्द्वले इरानबाट तेल आपूर्तिमा बाधा पुग्नेभन्दै व्यापारीहरू चिन्तित देखिएका छन् ।
न्यूज समय
१० असार, २०८२, मंगलबार ००:००