रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको छ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको र आज अन्त्येष्टि गरिने थवाङ गाँउपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए। उनी केही समयदेखि बिरामी थिए।
वडाध्यक्ष घर्तीमगरको निधनपछि थवाङ गाउँपालिकाले आज शोक बिदा घोषणा गरेको पालिका अध्यक्ष बुढामगरले बताए।
न्यूज समय
१० असार, २०८२, मंगलबार ००:००