असार १५ का लागि तय भएको कांग्रेस कार्यसमिति बैठक एकदिन पछि

न्यूज समय

असार १५ का लागि तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।

यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो ।

बैठक १६ गते १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विशेष कारण देखाएर बैठकको मिति सारिए पनि स्थान भने सारिएको छैन ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।