राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उनले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र त्यही गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरे ।
उनले सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र हाम्रो संविधानले राखेको लक्ष्य पुरा हुने बताउँदै यो लक्ष्य पुरा गरेमात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धान्जली हुने पनि बताए ।
राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरबिरोधहरूलाई सुक्ष्म ढंगले अभिलेखन गर्न पनि योगदान पु¥याएको उल्लेख गरे । राष्ट्रपति पौडेलले पुष्पलालको चिन्तन नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक जग भएको बताउँदै उनेको यो विचार उपयुक्त थियो भन्ने ०४६ सालको परिवर्तनले पुष्टी गरेको बताए ।
सो अवसरमा राष्ट्रपति पौडेलले राजनीती तर्फको सम्मान शान्त मानवी, ईतिहास तर्फको सम्मान डा मेदिनीप्रसाद सेडाई र साहित्य तर्फ राममणी पोखरेललाई सम्मान गरेका थिए ।
न्यूज समय
४ असार, २०८२, बुधबार ००:००