नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनको शोकमा पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेको छ ।
केन्द्रीय कार्यालयमा भइरहेको वातावरण सम्बन्धी प्रशिक्षण कार्यक्रम असार ४ गतेदेखि ६ गतेसम्मका लागि स्थगित भइसकेको छ ।
शोकका कार्यक्रम सम्बन्धी निर्णयलाई औपचारिकता दिन केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक सवा नौ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको ९० वर्षको उमेरमा यही असार २ गते काठमाडौंको केएमसी अस्पतालमा निधन भएको थियो ।
न्यूज समय
४ असार, २०८२, बुधबार ००:००