साताको तेस्रो दिन आज सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँले घटेको हो। सुनसँगै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३९०।७ अमेरिकी डलर र चाँदी ३६।३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
न्यूज समय
३ असार, २०८२, मंगलबार ००:००