पत्रकार दिलभूषण पाठकले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका छन्। उनले सोमबार साइबर ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौँले पक्राउका लागि दिएको अनुमति रोक्न माग गर्दै निवेदन दिएका हुन्।
उनको निवेदन सुनवाईका लागि न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पेशी तोकिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले जयवीरले दिएको उजुरीका आधारमा साइबर क्राइमको कसुरमा उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । सो घटनाको प्रेस जगतले तत्काल स्थागन गरेर स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।
न्यूज समय
२ असार, २०८२, सोमबार ००:००