नेपाली कांग्रेसका पूराना नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको आज बिहान उपचारका क्रममा निधन भएको छ ।
केएमीसी अस्पतालमा उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएका उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री बनेका थिए ।
शास्त्री अर्धाखाँचीबाट २०४८ सालका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
शास्त्रीका छोरा जापान रहेकाले मंगलबार नेपाली काङ्ग्रेस पाटी कार्यालय सानेपामा श्रद्धाञ्जली कार्यक्रम पछि अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
न्यूज समय
२ असार, २०८२, सोमबार ००:००