नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा चार हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार १०० रुपैयाँ कायम छ ।
बिहीबार जेठ २९ गते छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य तोलाको दुई हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
न्यूज समय
३० जेष्ठ, २०८२, शुक्रबार ००:००